Search Here

Custom Search

रातो रंगले पुरुषलाई तान्ने

यदि तपाइँ महिला हुनुहुन्छ र पुरुषको ध्यान आकषिर्त गर्न चाहनु हुन्छ भने त्यसको सजिलो उपाय फेला परेको अनुसन्धानकर्ताले बताएका छन् । महिलाहरुले अन्य रंगको तुलनामा रातो रंगको लुगा लगाएको खण्डमा पुरुषहरु चाँडै तानिने अध्ययनले बताएको छ ।

अमेरिकी अनुसन्धाताहरुले गरेको यस अन्वेशषमा अधिकांश पुरुषहरुले रातो लुगा लगाएका महिलाहरुलाई साँच्चिकै सेक्सी र आकर्ष देखिएको बताएका छन् । र, अन्य रंग लगाएको भए पनि रातो रंगको धर्र्सो भएको भए मात्र पनि त्यो लवाईलाई आकर्ष मान्ने गरेको अध्ययनमा बताइएको छ ।न्यूयोर्कस्थित रोचेस्टर विश्वविद्यालयका मनोविज्ञान प्रोफेसर एन्ड्यू एलियटले रातो रंग उहिलेदेखि रोमान्सको रंगका रुपमा किन ख्यात्रि्राप्त छ भन्ने कुरा बल्ल पुष्टी भएको बताएका छन् । पुरुषहरुले रातो रंगको कार्डहरु भ्यालेन्टाइन डेमा र महिलाहरुले लिपिस्टिक रातो नै लगाउनुको कारण पनि पुरुषहरुलाई आकषिर्त गर्न रहेको पुष्टी भएको उनले दाबी गरेका छन् ।

रातो रंग मानवमा मात्र होइन कि चिम्पान्जीमा पनि रोमान्टिक रंग रहेको प्रोफेसरले बताएका छन् । यौन समागमभन्दा अघि महिला चिम्पान्जीले पुरुष चिम्पान्जीलाई रातो रंग पर््रदर्शन गर्ने र त्यो देखेपछि पुरुष चिम्पान्जीले आफूलाई थाम्न नसकेर यौन समागममा लिप्त हुने गरेको पनि उनले बताएका छन् । शायद यसो हुनुमा मानव वा विभिन्न जनावरहरुमा रहेको धेरै गहिरो र स्वस्फर्ूत जैविक भावनाका कारण पनि हुन सक्छ, एलियटले आफ्नो उपलब्धिलाई जर्नल अफ पर्सनालिटी एण्ड सोसल साइकलजीमा लेखेका छन् ।एक सयभन्दा बढी व्यक्तिहरुमा यस विषयमा अध्ययन गरिएको थियो, जसमा अधिकांश कलेजका विद्यार्थीहरु थिए । उनीहरुलाई केही महिलाहरुको तश्वीर दिएर ती तश्वीरमध्ये सबैभन्दा बढी आकर्ष र राम्री को होलिन् भनी सोधिएको थियो । प्रश्न अलि तगडा के थियो भने यी तश्वीरमा भएका महिलासँग तपाइँ चुम्बन लिन चाहनु हुन्छ कि सेक्स गर्न चाहनु हुन्छ भन्ने प्रश्न पनि रहेको थियो ।

एउटै महिलाको तश्वीर रातो लुगामा, सेतो लुगामा रातो किनारा, सेतो लुगामा खैरो र हरियो किनारा लगाएको तश्वीर देखाएर सोही प्रश्न गर्दा चाहिँ रातो कपडामा नै आकर्ष देखिएको र अधिकांशले तिनै महिलासँग आफूले सेक्स गर्ने धारणा अघि सारेका थिए ।रातो लुगा लगाएकी महिलालाई एस डलरभन्दा बढी खर्च गर्न तयार देखिएका युवाहरु तिनै महिलालाई अन्य रंगको लुगामा चाहिँ किस गर्न मात्र रुचि रहेको बताएका थिए । तर रोचक कुरा के रह्यो भने रातो कपडामा सजिएकी ती महिलालाई चाहिँ अधिकांश महिलाले आकर्ष देखेनन्, मात्र उनीहरुलाई राम्रीको संज्ञा दिए ।यस अध्ययनमा समलिंगी केटा र अन्धाहरुलाई चाहिँ समावेश गरिएको थिएन ।

बारीमा मान्छेजस्तै झार

साधारणतया झार कस्तो हुनु पर्ला ? ब्रिक्षको समान्य रूप वा बुट्यानको सम्क्षिप्त आकर जस्तो । हामीले सोच्ने झारको रूप यस्तै हुने गर्छ तर यो रोचक संसारअंा जे पनि देखिन्छ र जे पनि सुन्न पाईन्छ । यस्तै भयो हाम्रो छिमिकेको खेत मा पनि । चीनको एक किसान को खेत मा तपाईं हामी जैतै मान्छे ऊम्रियो या झारले तपाईं हामीको आकार लिएको समाचार प्राप्त भएको छ । एकजना चिनियाँ किसानको खेतमा ठ्याक्कै मानव आकारको झारपात उमि्रएको छ । सिचुँवा प्रान्तको झेङ डेसुन काउन्टीनिवासी किसानले अन्नबाली भित्र्याउने क्रममा अचम्मको झारपात फेला पारेका थिए ।

६२ सेमि अग्लो उक्त झारमा डल्लो टाउको र हातखुट्टा छन् । टाउकोमा आँखा र नाक हुनुपर्ने स्थानमा आँखा र नाककै आकारको डल्लो निस्किएको छ । उक्त वनस्पति हेर्न मानिसको घुइँचो लागेको छ । उता, किसान भने त्यस किसिमको वनस्पति आˆनो बारीमा उम्रनु कतै विपत्तिको सूचक त होइन ? भनी छट्पटिँदै छन् । यसअघि सान्डोङ प्रान्तमा पनि एक मानव जोडीजस्तो देखिने फल उब्जेको थियो ।एक महिला र एक पुरुषजस्तो देखिने उक्त फल ६ सय युआनमा बिक्री भएको थियो । थाहा छैन यो झार्को भाग्य कती बलियो छ र कती मुल्य पर्ने हो ?

चुम्बन गर्दा श्रीमानको मृत्यु

के तपाईं प्रेममा हुनुहुन्छ ? के तपाईं हरुको बिचमा कुनै कुराको बिबाद त छैन ? होस् गर्नुहोस् प्रेमिको हत्या गर्ने नयाँ सैली बिकास भएको छ । आफुलाई सुरक्षित राख्नुहोस् है ।  के तपाईंले कहिले चुम्मन गर्दा यो सोच्नुभएको छ ? कि चुम्मन गर्दा तपाईंको ज्यानै पनि जान सक्छ ? साधारणतया कसैले पनि यो सोचेको हुँदैन । तर चाइना को एक शहर सिनसियाङमा यस्तै एक घटना घटेको त्यहाँका अधिकारीहरुको भनाइ छ । र चुम्बन गरेर श्रीमानलाइ मार्ने स्वास्नीले अदालतबाट मृत्युदण्डको सजाय पाएकी छन् । सिया निफोङ चिनिया सहर सिनसियाङ निबासी हुन् ।

उनको माओ अन्सेसित प्रेम थियो । दुबै लामो समयदेखि लोग्ने स्वास्नीका रुपमा रहादै आएका थिए । दुबैले नमरुन्जेल एक अर्कामाथि बिश्वासघात नगर्ने सम्झौता समेत गरेका थिए ।
तर सियाले माओ एकजना केटिसंग मस्किएर कुराकानी गरिहेको फेलापारिन् । उनलाइ लाग्यो-लोग्ने ममाथि बिश्मासघात गर्दै छ । त्यसपछि उनले मुखमा मुसामार्नजे औसधि मुखमा राखिन् र माओसंग चुम्बन गरिन् । र यसक्रममा क्यापसुल मुखमा छिराइन् । मायामा चुर्लुम्म डुबेका माओले चालै नपाइ क्याप्सुल निलेपछि उनको मृत्यु भएको हो ।
अदालतले त ऊन्लाई सजाये सुनौलानै र ऊन्ले आफ्नो गल्तिको महसूस पनि गर्लिन तर आज्कल को प्रेमको बन्धन कती सजिलै फुक्तिन सक्छ भन्ने कुरा यस्तै घटना हरुले प्रस्ट पर्छन । समानन्य घटनामापनी एक आर्को सँग रिसाउने, misunderstanding र प्रेमी को ज्यानै लिने समेत का घटना बढ्न थालेको समाजशास्त्रीहरुको धारणा छ ।  तेशैले आफ्नो प्रेमको धागो बलियोसँग कसेरमात्र धुक्क हुने कि ?

३९ श्रीमती का एक्ला पति !

के यी महापुरुस हुन त ?

        सामान्यतया एक ब्याक्तिका कती श्रीमती हुन सक्छन ? साधारणतया १ वा बहुबिबाह गर्नेका २ वा त्यो भन्दा बढी भय ३ जना सम्म । तर यो विश्वमा एस्ता ब्यक्ती पनि छन जस्का १,२,३ वा ४ होइन ३९ जना श्रीमती छन । सुन्दै अचम्म लग्ने यो परिवार धेरै टाढा होइन हम्रै छिमेकी राष्ट्र भारत को मिजोरमको भक्तवान भन्ने ठाउमा बस्छ । यि पुरुसका ३९ जना श्रीमती भएपनी कोही पनि दु:खी वा अशन्तुस्ट भने छैनन । सबै खुशी छन । केही दिन अघी अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनएअनुसार भारत बर्कोफ्टाका ड्याड जियोनाको साथमा आहिले ३९ श्रीमती मात्र होइन तिनका ९४ जना छोरा-छोरी र १४ जना बुहारी  तथा ३३ जना नाति-नातिना छन । कुल १८१ जना सदश्य रहेको यो परिवार तितर्-बितर भने छैन । सुन्दै अचम्म लग्ने यो जम्बु परिवार तिनिहरुको १०० कोठा भएको ४ तले घरमा शन्ती सँग बसेको छ । साम्भबत संसारको सबैभन्दा ठुलो यो परिवारका धनी ड्याड जियोना आफ्नो परिवारका सँग निकै सन्तुस्ट पनि छन । ऊनी भन्छन, "पुरै परिवार एही घरमा आटाएको छ, मलाई भगवान को आसिर्बाद छ तेशैलेत मेरो बिशाल परिवार पनि छ" । ऊनी फेरी थप्छन "आज मलाई लगेको छ म भगवान को एउटा बिशेष बच्चा हुँ । भगवानले मलाई एती धेरै परिवार हेर्ने जिम्मेबरी दिएका छन" । ऊनी आफुलाई भाग्यमानी भन्दै भन्छन- "म आफुलाई भाग्यमानी पती ठान्छु, किनभने ३९ महिलाको एक्लो पती र यती ठुलो परिवारको घरमुली" । 

           परिवारको पुरै पुरुष सदस्यले काठको काम गर्छ, तेशैलेत जियोना गर्बिलो हुँदै भन्छन "मलाई सरकारको कुनै पनि सहयोग चाहिदैन" । यि सुपरपतिले कुनै समयमा एकै बर्षमा १० वटा सम्म विवाह गरेका थिए ।

          यो परिवार बस्दै आएको घरलाई ऊनिहरुकै भाषामा छुन्तार भनिन्छ। जसको आर्थ हुन्छ नयाँ पिढिको घर । ऊनिहरुको आफ्नो बिधालय छ, आफ्नो खेल्ने ग्राउन्ड पनि अनी काठको काम गर्ने कारखाना, सुगरको गोठ, कुखुरा फर्म, खेती गर्ने खेत, र तरकारी फलऊने ठुलो बारी पनि । यि सम्पत्ती र मेहनत नै ऊनिहरुको परिवार पल्ने श्रोत हून । यि सम्पत्ति ले ठुलो परिवार लाई सजिलै पल्न सकिन्छ । परिवारमा खानेबेला लाग्छ, कुनै आर्मी फोर्सको खाना खाने बेला भएको छ । परिवारका पुरै महिला सदस्य खाना बनाउन र खुवाऊन घन्टौ बिताउने गर्छन् । ३० वटा कुखुरा, १३२ पाउन्ड तरकारी,र २२० पाउन्ड चामल यो परिवार ले १ छाक म सकाउछ । यो सबै खाना एउटा खुला किचनमा पकाइन्छ जहाँ २४ै घण्टा आगो बलिरहेछेको हुन्छ । जिओनाकी ६९ बर्सिय जेठि श्रीमती को नाम जाथियाँग्री हो र ऊनैले आरु श्रीमती र छोरी-बुहारिलाई दैनिक कामको बाड-फाड गर्छिन ।

         हरेक दिन परिवारले खाना खाएका भाडा र लगाएका लुगा को पहाडै हुन्छ । यो सबै काम परिवारका महिला सदस्यका हतैले सम्पन्न हुन्छ कुनै मेशिन को प्रयोग हुँदैन । जिओनालाई परिवारका सबै सदस्यका पा आर्थात बाबुजी भनेर सम्बोधन गरिन्छ । यि जियोनाले पहिलो पटक १७ बर्षमा आफुभन्दा २ बर्ष जेठी जाठियङ्रि सँग विवाह गरेका थिए ।
चालिएना चाना परिवारमा हजुरबुवा जियोनालाई जस्ताइ बहुबिबाह गर्ने स्विकिर्ती पर्दान गरिको छ । ऊनिहरुले जती ल्याएपनी हुने व्याबस्था गरिको छ । जियोना पुरै ३९ श्रीमती सँग बराबर समय बिताउछन् । मतलब ऊनी जती समय जेठि श्रीमती लाई दिन्छन तेतै नै समय १ बर्षमत्र आगी ल्याएकी कान्छी श्रीमती लाई पनि।

चिनी भन्दा नुनको भाउ तेब्बर


हङकङ, चैत्र ४ - सम्भवतः खाद्यपदार्थहरुमध्ये सबैभन्दा सस्तोमा पाइने नुन चिनी भन्दा झण्डै तेब्बर  बढी मुल्यमा बिक्री भइरहेको तपाई पत्याउनुहुन्छ ? नपत्याएर के गर्नु कुरा सत्य हो । हङकङमा नुन चिनीभन्दा झण्डै तेब्बर   बढी मुल्यमा बिक्री भइरहेको छ । जापानमा हालै आएको भुकम्प र सुनामीसँगै परमाणु भट्टी बिस्फोटनबाट निस्किएको विकिरण फैलिएको प्रमाणित भएपछि यहाँ एकाएक नुनको अभाव भएको हो । नुनमा रहेको आयोडिनले शरिरमा लाग्नसक्ने हानिकारक विकिरणबाट जोगाउने हल्लाले अत्यधिक भण्डारण गर्न थालिएपछि बजारमा आपूर्ती कम भएको हो ।


विकिरण समुद्रको पानीमा समेत फैलिएकाले अब उत्पादन हुने नुनले स्वास्थ्य विग्राने कुराले समेत अधिकांश त्रसित छन् । यसलै पनि महिनौ दिनलाई पुग्ने नुन एकैपटक खरीद गरिएको हो । अहिले तीन हङकङ डलर (करिब तीस रुपैयाँ) पर्ने आधा किलोग्राम नुन बीस डलरसम्ममा बिक्री भइरहेका छन् । जबकी उत्तिकै तौलको चिनीको मुल्य सात डलर मात्र छ । वेलकम, पार्क एण्ड सप जस्ता जहिलेसुकै उपलब्ध हुने चल्तीका सुपरमार्केटमा महंगो मुल्य तिर्न तयार रहेपनि नुन छैन । हङकङ बाहेक मकाउ र चीनको बेइजिङ, सांघाई, गोन्जाउ लगायतका सहरमा पनि नुन किन्न लामो लाइन लागेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । 

दसक लामो हङकङ बसाइमा भैरहवाकी पारु गुरुङले पहिलोपटक लाइन लागेर नुन किनेको सुनाइन् । ‘हङकङमा नुनको अभाव होला भन्ने कल्पनै थिएन,’ भैरहवाकी उनले भनिन, ‘जापानमा सुनामी जादँ यहँसम्म सास्ती हुदोरहेछ ।’ काम्तिनका रमेश थापा मगरले दिउँसो टेलिभिजनमा नुनको अभावसम्बन्धी समाचार सुन्नासाथ बजार पुगेपनि नुन नपाएको बताए । दवी थापा र बालकुमारी राईको समेत उस्तै गुनासो थियो । ‘दिउँसो काममा भएकाले निस्कन पाएनौं छुट्टीपछि दर्जनौं पसल चाहरे पनि कतै पाइएन,’ दुवैले एकैसासमा बोले, ‘यस्तो दिन आउला भन्ने त चिताएकै थिएनौं ।’ सपना गुरुङले भने तीन हङकङ डलरमा पाइने आधा केजी नुन बिस डलर तिरेर किनेको बताइन । रेष्टुरेन्ट व्यावसायी कमल पौडेलले असी हङकङ डलरमा किन्ने गरेको पच्चीस किलोग्राम नुनको प्याकेट तीनसय भनेपछि नकिनी आएको सुनाए ।     
बजारमा नुनको अभाव भएपछि स्थानीय सरकारका तर्फबाट स्वास्थ्य विभागले बिहीबार साँझ एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा विभाग प्रमुख डाक्टर योर्क चाउले नुनमा रहेको आयोडिनले विकिरण रोक्ने कुरा भ्रम मात्र भएको उल्लेख गरेका छन् । यस्ता भ्रममा आवश्यकता भन्दा बढी भण्डारण गरी बजारमा अभाव सिर्जना नगर्न समेत उनले आह्वान गरेका छन् । समुद्रको पानीमा विकिरण फैलिएका भएपनि त्यो केही दिनमै हराएर जाने भएकाले यसबाट आतंकित हुनु नपर्ने बताइएको छ । 


जापानको परमाणु भट्टी विस्फोटनबाट निस्किएको विकिरण हङकङसम्म पुग्ने अत्यन्तै न्युन सम्भावना रहेको समेत विज्ञप्तिमा उल्लेख छ । चीनबाट प्रयाप्त नुन माग गरिएकाले समस्या केही दिनमै हटने व्यावसायीहरुले बताएका छन् ।

श्रोत : ekantipur.com