Search Here

Custom Search

बाबुबाटै बेचिइन् चेली

भारतबाट भागेर आयेकी छोरीले उजुरी गरेपछि बाबू प्रहरी थुनामा
चौतारा (सिन्धुपाल्चोक), फाल्गुन १० - जन्म दिने अभिभावकले आफ्नै सन्तानलाई बेच्न सक्लान् रु प्रायः सक्दैनन् । तर सिन्धुपाल्चोकका एक निर्दयी बाबुले जागिर लगाइदिने बहानामा छोरी बेचेका छन् । बेचिएर भारत पुगेकी युवती तीन वर्षपछि भागेर फर्की घर आएपछि बाबुले बेचेको रहस्य खुलेको हो ।
युवतीले मुद्दा हालेपछि उनलाई बेच्ने बाबु र स्थानीय दुई दलाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
चौतारा घर भएकी १८ वर्षीया चौतारा आई (प्रहरीले राखेको नाम) लाई २०६४ मंसिरमा स्थानीय दलालसँग मिलेर उनकै बाबु लोकबहादुर घलेले बेचेको अभियोग छ । सोमबार अदालतले लोकबहादुर र अन्य दुई अभियुक्त ईश्वर र रामशरण घलेलाई पुर्पक्षका लागि थुनामा राखेको हो । न्यायाधीश वीरबहादुर डाँगीको इजलासले यस्तो आदेश दिएको हो ।
ती युवतीका श्रीमानले दास्रो विवाह गरेपछि माइत बसेको मौका छोपेर राम्रो जागिर लगाई दिने प्रलोभनमा उनलाई बेचिएको थियो । अभियुक्तमध्येकै दावा र काजीमान तामाङ फरार छन् । लोकबहादुरले छोरीलाई राजधानी लगेर गाउँकै दलालसँग ८० हजार रुपैयाँ लिएर बिक्री गरेको बयान प्रहरीमा दिएका छन् । भागेर फर्केपछि युवतीले दिएको किटानी जाहेरी र बयानका आधारमा उनका बाबु र दलालहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।
लोकबहादुरले बेचेको नभई राम्रो जागिर लगाई दिने आशामा रकम लिएर चिनाजानका मान्छेलाई छोरी पठाएको बताए । युवती भारतको सदित नगरबाट भागेर मुलुक फर्केपछि माघ २ गते प्रहरी सम्पर्कमा आएकी थिइन् । त्यसअघि नै सासू कृष्णमायाले बुहारी बेचिएको र त्यसमा सम्धीको समेत हात रहेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । अभियुक्तलाई प्रहरीले चेलिबेटी बेचबिखनका अन्य घटनामा पनि 'मोस्ट वान्टेड' का रूपमा राखेको थियो । यस्तै प्रकृतिका ११ वटा मुद्दा अदालतमा विचाराधीन रहेको जानकारी जिल्ला सरकारी वकिल यादवप्रसाद सेडाईंले कान्तिपुरलाई दिए ।
चेलिबेटी बेचबिखन रोक्ने नाममा दर्जनौं संघसंस्था खुलेका छन् । सरकारी संयन्त्रसमेत क्रियाशील छन् । सिन्धुपाल्चोकमा वषौ देखि हुँदै आएको चेली बेचबिखन भने अझै रोकिएको छैन । त्यसमा गरिबी र दलालहरूले अपनाएको फरक प्रक्रिया कारण रहेको बताउँछिन्, महिला हिंसाविरुद्ध सक्रिय नानीमैयाँ नेपाल । 'गरिबी पनि उस्तै छ,' उनी भन्छिन्, 'जागिर लगाउने भन्दै पासपोर्टमा भिसा लगाउँदै विभिन्न मुलुकमा चेलीहरू बेचिएकै छन् ।'


अन्तत एमाले अधक्ष्य खनाल देशको नयाँ प्रधानमन्त्री

माघ २१ - सबैभन्द धेरै सभासद भएको दल एनेकप माओवादीको समर्थन पछी अन्तत झलनथ खनाल देशको नयाँ प्रधानमन्त्रीमा चयन भएका छन । बिहीवार अबेर भएको चुनावमा कुल ५९८ सभाशद मध्ये ३६८ सभाशद्ले ऊन्लाई मत दिएका थिए। उनलाई नेकपा संयुक्त, नेकपा माले, माले समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृतलगायतका साना दलहरूले पनि समर्थन गरेका छन् ।  उनका प्रतिस्पर्धी रामचन्द्र पौडेल ले १२२ र अर्का उमेद्वार विजयकुमार गच्छदारले ६७ मत पाएका थिए ।   



को हुन झलनथ खनाल ? 
"नेपालको ३४ औं प्रधानमन्त्री झलनाथ खनाल कवि पनि हुन् । साँखेजुङ-४ इलाममा २००६ चैत ६ गते जन्मेका उनका दुई कविता कृति प्रकाशित छन् । 'शताब्दीको पहिलो बिहानी' कविता संग्रह (२०५९) र 'परिवर्तनका तरङ्गहरू' गीति संग्रह (२०६५) बाहेक उनले एक दर्जन गैरसाहित्यिक पुस्तक लेखेका छन् ।
पुङ्गनाथ र मधुमाताका १३ मध्येका खनाल सातौं सन्तान हुन् । देशको चौथो कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा चुनिएका उनी २०२०/२१ मा विद्यार्थी जीवनदेखि नै राजनीति र साहित्यमा लागेका हुन् । उनी २०२३ मा मेची विद्यार्थी युनियनको अध्यक्ष र २०२५ मा अनेरास्ववियुको पाँचौं राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट
भएका थिए । राजनीतिशास्त्र र इतिहासमा स्नातक खनालले त्रिचन्द्रबाट २०२५ मा आईएस्सी उत्तीर्ण गरेका थिए । स्नातकपछि २०२७ देखि २०२९ सम्म बागलुङमा विद्यालय तहको शिक्षक थिए ।
२०३४ मा नेकपा मालेको संगठन गर्ने कामको नेतृत्वकर्तामध्येका एक खनाल २०३९ देखि २०४७ सम्म महासचिव भए । तत्कालीन माले महासचिव सीपी मैनाली कारबाहीमा परेपछि उनले यो जिम्मेवारी सम्हालेका हुन् । मालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा चुनिएपछि उनले २०४६ मा वाम मोर्चा गठनको पहल गरेका थिए । २०४७ मा एमाले गठन भएपछि पाँचौं, छैटौं र सातौं महाधिवेशनमा उनी स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा रहेर काम गरे ।
कम्युनिस्टको सर्वहारा सिद्धान्तभन्दा फरक टिपटप लवाइखवाइका सोखिन खनाल आफूले लिएको अडानबाट पछि नहट्ने नेताका रूपमा चिनिन्छन् । २०४६ सालपछि बनेको अन्तरिम सरकारमा उनले कृषि तथा वनमन्त्रीको जिम्मेवारी पाएका थिए भने २०५३ मा बनेको लोकेन्द्रबहादुर चन्द नेतृत्वको संयुक्त सरकारमा सञ्चारमन्त्री थिए ।
एमालेको चौथो महाधिवेशनमा महासचिव मदन भण्डारीले 'जनताको बहुदलीय जनवाद' सिद्धान्त व्याख्या गर्दा उनी सीपी मैनालीको 'नौलो जनवाद'को व्याख्यामा लागेर आलोचित भए । भण्डारीले खनाललाई निवर्तमान महासचिवलाई दोस्रो दर्जामा राख्ने परम्पराअनुसार स्थायी समितिमा समेत स्थान दिएका थिएनन् । मदन भण्डारी कालभरि खनालले पार्टीमा राम्रो भूमिका देखाउन सकेनन् । भण्डारीको अवसानपछि माधव नेपाल महासचिव रहँदा उनले पार्टी विदेश विभाग प्रमुख भएर काम गरेका थिए । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले पार्टी महासचिव माधवकुमार नेपाललाई गिरफ्तार गरेपछि उनले कार्यवाहक महासचिवको जिम्मेवारी सम्हालेका
थिए । संविधानसभा निर्वाचनमा पार्टीमा प्रभावशाली मानिएका नेताहरू माधव नेपाल, केपी ओली लगायत पराजित भएपछि २० वर्षपछि उनी पुनः पार्टी नेतृत्वमा आएका हुन् ।
२०४८ को आम र २०५१ को मध्यावधि निर्वाचन तथा २०६४ को संविधानसभा निर्वाचनमा उनी इलाम-१ बाट निर्वाचित भएका थिए । २०६५ मा बुटबलमा भएको एमालेको आठौं महाधिवेशनमा नेता केपी ओलीलाई पराजित गरेर उनी पार्टी अध्यक्ष चुनिएका हुन् ।
पुष्पकमल दाहाल नेतृत्वको माओवादी सरकार ढलेपछि खनालले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री प्रस्ताव गरेका थिए । नेपाल-ओली पक्षबाट खनालले आफ्नै पार्टीको सरकार ढालेको आरोप लाग्दै आएको छ । उनलाई एमालेमा भारत विरोधीका रूपमा लिइन्छ ।" (from ekantipur.com)
मित्ररास्ट्रहरुले के भने ? 
  •  भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनाललाई बिहीबार राति १० बजे फोन गरी प्रधानमन्त्री निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिएका छन् । भारतीय दूतावासकी प्रवक्ता अपूर्वा श्रीवास्तवका अनुसार, सिंहले खनाललाई अगाडिका चुनौती सामना गर्न सक्षम हुनेमा शुभकामना दिएका हुन् । भारतीय प्रधानमन्त्रीले खनालको कार्यकालमा पनि भारतले निरन्तर सहयोग उपलब्ध गराउने बताएका थिए । त्यस क्रममा सिंहले दुई देशबीचको पारस्परिक सम्बन्ध विस्तार गर्नमा दुवै पक्ष एकजुट भएर जानेसमेत उल्लेख गरेका थिए ।

  •  संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले लामो समयपछि नेपालले प्रधानमन्त्री पाएकोमा खुशी व्यक्त गरेका छन् । नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनाललाई बधाई तथा शुभकामना सन्देश पठाउँदै वानले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन राष्ट्रसंघले आफ्नो सहयोग जारी राख्ने बताएका छन् ।वानद्वारा जारी विज्ञप्तीमा लामो गतिरोधपछि  संविधानसभा मार्फत नयाँ सरकार गठन गर्न सफल भएकोमा नेपालका राजनीतिक दल र नेताहरुको प्रशंसा गरिएको छ । विस्तृत शान्ति सम्झौताका प्रतिवद्धता,सेना समायोजन,पुनःस्थापना,सेनाको लोकतान्त्रिकिरण लगायतका काम गर्न नयाँ सरकार सक्षम हुने वानले विश्वास व्यक्त गरेका छ । उनले निर्धारित लक्ष्य प्राप्तिका लागि दलहरुलाई सहमतिका साथ अघि बढ्न आग्रह गरेका छन् ।

फरक नेता फरक धारणा । 
  •  नेपाली काङ्ग्रेसका सभापति सुशील कोईरालाले एमाले नेतृत्वको सरकारमा काङ्ग्रेस सहभागी नहुने बताउनु भएको छ । काङग्रेस प्रतिपक्षमा बसेर शान्ति र संविधानको लागि सहयोग गर्ने उहाँको भनाई छ ।
  • गोकर्ण बैठकपछि एमाले बरिष्ठ नेता केपी ओली र खनालबीच समझदारी बढेपछि खनाल प्रधानमन्त्री एमाले नेताहरु । 
  • बिहीबार सरकार नबनेको भए संसद् बहिष्कार गरेर भए पनि नयाँ सरकार नबनाइने प्रस्ट संकेत पाएकाले हतारमा एमाले अध्यक्ष खनाललाई समर्थन गर्ने निर्णय गरियो: सचिव सीपी गजुरेलले ।
  • 'सिद्धान्तभन्दा बाहिर गएर अपवित्र गठबन्धन गरेको होइन । हामीले केही वैचारिक, राजनीतिक विषयमा, शान्ति प्रक्रिया अगाडि बढाउन प्रतिबद्धता गरेका छौं,' अध्यक्ष दाहालले संसद्मा घोषणा गरे । यसैबिच् उनले जनताले अब यो असहमती पचाउन नसक्ने स्तिथी आएको र जुत्ताले हान्नसक्ने अवस्था समेत सिर्जना हुनलागेकोले आफुले त्याग् गरेको बताये ।
खनालको सम्मानमा बल्खुमा

नव निर्बाचित प्रधानमन्त्री झलनाथ खनाललाई नेकपा एमालेले शुक्रबार स्वागत एवम् सम्मान गर्ने भएको छ । पार्टी अध्यक्ष प्रधानमन्त्रीमा निर्बाचित भएकोमा खनाललाई केन्द्रीय कार्यालय बल्खुमा स्वागत एव् सम्मान कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।

कार्यक्रममा पार्टीका बरिष्ठ नेता माधबकुमार नेपाललगायतका नेताहरुले खनाललाई सम्मान गर्ने कार्यक्रम छ । 

दाहालको उम्मेदवारी फिर्ता


काठमाडौं, माघ २० - माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री निर्वाचनबाट बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । दाहालले एमाले अध्यक्ष झलनाथ खनाललाई सहयोग गर्ने घोषणासहित उम्मेदवारी फिर्ता लिएका हुन् ।
कोही पनि त्याग गर्न तयार नभएपछि सहमतिका लागि आफूले उम्मेदवारी फिर्ता लिएको दाहालले बताए । 'कोही पनि त्याग गर्ने छैन, हामी आफ्नै कुरामात्र राखिरहन्छौं,' उनले भने, 'फेरि लेखाजोखा गर्दा परिणाम नआउने नै भएपछि उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको छु ।'
दाहालले चारै जना उम्मेदवार मैदानमा रहँदा आफू पनि पुनः हार्ने सूचिमा पर्ने भएकाले उम्मेदवारीबारे निर्णय पुर्नविचार गर्न बाध्य भएको उल्लेख गरे । 'म ठूलो पार्टीको अध्यक्ष, फेरि पनि यहि हार्ने लिस्टमा पर्नेकुराले मलाई रातभर निन्द्रा परेन,' उम्मेदवारी फिर्ताको औचित्यबारे उनले भने, 'रामचन्द्रजीलाई भन्यो, तीन महिना छाडिदिनोस् भन्नुहुन्छ, झलनाथजीले आफ्नै लागि छाडिदिनुस् भन्नुहुन्छ, विजय गच्छदारको पनि सपना होला, यसरी फेरि परिणाम निस्कँदैन ।'
दाहालले पहिलेजस्तै फेरि पनि निर्वाचन प्रक्रिया लम्ब्याइरहे जनताको आक्रोस थपिने र त्यसले भयङ्कर रुप लिने बताए । 'अहिले त एकाध जनताले एकाध थप्पड हानेका छन् अब त जनताले सडकमा निस्कनेवित्तिकै जुत्ता हान्नेछन्,' दाहालले भने ।

सहवासका बेला के सोच्छन् महिला ?


तपाईको अनुमान वा अनुभवका आधारमा भन्न सक्नुहुन्छ, सहवासका बेला महिलाहरु के सोच्छन ? यस बिषयमा बिश्वमा थुप्रैपटक थुप्रै अनुसन्धान भएकाछन् र फरक फरक तथ्य बाहिर ल्याइएका छन् । तर, भारतीय कमेडियन ३४ वषर्ीया अविवाहित शाजिया मिर्जाले आफ्ना साथीहरुको अनुभवका आधारमा महिलाहरु सहवासका बेला सोच्ने बिषयको सूची सार्बजनिक गरिदिएकी छन् । उनका अनुसार महिलाहरु शारिरीक सम्पर्कका समयमा आफुले धुनु पर्ने कपडा, खरिद गर्नु पर्ने सामानहरु, आफुले लगाउन चाहेको जुत्ता जस्ता बिषयका बारेमा सोच्ने गर्छन भने केही महिलाहरु पुराना प्रेमी वा अमुक पुरुषको यादमा हुन्छन् ।
द सन पत्रिकालाई दिएको अन्तवार्तामा कमेडियन मिर्जाले भनेकी छिन्- ‘मेरो एक जना साथी छिन, जो आफ्नो श्रीमान्लाई औधी प्रेम गर्छिन् । तर उनले बताएअनुसार शारिरीक सम्पर्कका उनी उक्त पुरुषलाई सम्झन्छिन् जो को हुन् भन्ने उनलाई नै थाहा छैन । मात्र मन मनै मनपाएकी छन् ।’ ५१ वर्षीया लेखिका खैती लेट भनेकी छिन्-’ मेरो दोश्रो विवाह भइसक्यो र मेरा थुप्रै प्रेमीहरु छन् । पुरानो प्रेमीसँगको शारिरीक सम्पर्कका क्रममा मलाई निकै दिक्क लाग्थ्यो । त्यसैले उक्त समयमा मैले ग्रोसरी लिस्ट बनाउँथे र आफ्नो जुत्ताहरु गन्थें ।’
सायद यसैलाई भन्छन ज्यान एकातिर मन अर्कैतिर ।

अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा माओवादी स्थायी समिति बैठक सुरु, झलनाथलाई सर्मथन गर्न प्रचण्डको प्रस्ताव


२० माघ, काठमाण्डौ । प्रधानमन्त्री निर्वाचनबारे छलफल गर्न एकीकृत नेकपा माओवादीको स्थायी समिति वैठक अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा वसिरहेको छ ।
आफ्नो जित्ने सम्भावना नदेखिएको भन्दै एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने प्रस्तावमाथि छलफल गर्न अध्यक्ष प्रचण्डले वैठक बोलाएको माओवादी स्रोतले जनाएको छ ।
वैठकमा अध्यक्ष प्रचण्डले आजको निर्वाचनमै एमाले अध्यक्षलाई खनाललाई समर्थन गरेर भारतले नरुचाएको ‘नेपालीको सरकार’ बनाउनुपर्ने प्रस्ताव गर्ने बुझिएको छ । अहिलेको मुख्य लडाई भारतसंग भएको र माओवादी नेतृत्वको सरकार बन्न नदिएर भारतले दादागिरी देखाएको भन्दै प्रचण्डले भारतले नरुचाएका खनाललाई प्रधानमन्त्री बनाए माओवादीको जीत हुने र आफु अनुकुलको सरकार बन्ने बताइरहेका छन् ।
तर, उपाध्यक्ष डा. बाबुराम भट्टराई र मोहन बैद्य किरण पक्षले भने एमाले नेतृत्वको सरकारमा सहभागी हुन नसकिने बताउंदै आएका छन् । खनाललाई समर्थन गर्ने निर्णय गरिएमा एक सयभन्दा बढी सभासद्ले पार्टीको ह्वीप उल्लंघन गर्ने चेतावनी दिंदै आएका छन् ।

माओवादीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने


काठमाडौ, माघ २० - माओवादीले पहिलो चरणको निर्वाचनमा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित नभए दोस्रो चरणमा उम्मेदवारी फिर्ता लिई एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने माओवादी नेताहरूले बताएका छन् ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि आफ्नो सम्भावना कम भएकाले माओवादी दोस्रो चरणबाटै प्रधानमन्त्री चयन गर्ने मनस्थितिमा पुगेको हो ।
स्थायी समिति सदस्य वर्षमान पुनले प्रथम चरणमा अध्यक्ष दाहाल निर्वाचित हुने सम्भावना भएको उल्लेख गर्दै त्यसो नभए दोस्रो चरणमा खनाललाई समर्थन गर्ने बताए । 'पहिलो चरणमा अध्यक्ष निर्वाचित हुने सम्भावना छ,' उनले ईकान्तिपुरसँग भने, 'त्यसो नभए पार्टीले दोस्रो चरणमा एमालेलाई समर्थन गर्ने सम्भावना छ ।'
उनले तेस्रो चरणमा प्रधानमन्त्री चयन नभए वर्तमान सरकार दोहोरिने सम्भावना भएकाले माओवादी जसरी पनि नयाँ प्रधानमन्त्री चयनको पक्षमा रहेको उल्लेख गरे । 'पहिलो वा दोस्रो चरणभित्र प्रधानमन्त्री चयन गर्ने पक्षमा पार्टी छ,' माओवादी नेता पुनले भने, 'तेस्रो चरणमा पनि प्रधानमन्त्री चयन नगरी यही सरकार दोहोर्‍याउने षड्यन्त्र भइरहेको छ ।'
मधेसवादी र साना दलको समर्थनमा बिहीबार प्रधानमन्त्री चयन हुने दाबी गर्दै आएको माओवादीले गच्छदारको उम्मेदवारीपछि आफूअनुकूल सरकार बनाउन खनाललाई र्समर्थन गर्न लागेको हो । माओवादीले समर्थन गरे खनालको पक्षमा अत्यधिक बहुमत पुग्छ ।
उपाध्यक्ष बाबुराम भट्टराई पक्ष आफ्नो नेतृत्वमा सरकार नबने प्रतिपक्षमा बस्नुपर्ने पक्षमा छन् । अरू दलको नेतृत्वमा बन्ने बहुमतको सरकारले शान्ति र संविधान निष्कर्षमा पुर्‍याउन नसक्ने उल्लेख गर्दै प्रतिपक्षमा बस्नुपर्ने उनीहरूले बताएका छन् । 'अध्यक्षले उम्मेदवारी फिर्ता लिन हुँदैन भन्ने सुझाव छ,' भट्टराईनिकट पोलिटब्युरो सदस्य राम कार्कीले भने, 'बहुमतीय सरकारले समस्या समाधान गर्दैन, त्यसैले आफ्नो नेतृत्वमा नबने प्रतिपक्षमा बस्नुपर्छ ।'
दाहालले उम्मेदवारी दिनुअघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकमा भट्टराई पक्षका आठ सभासदले पार्टीको उम्मेदवारले नजिते प्रतिपक्षमा बस्नुपर्ने बताएका थिए । सभासदहरू प्रभु साह, ज्वालाकुमारी साह, देवी खड्कालगायतले दाहाललाई 'तपाईंको उम्मेदवारी जित्न हो कि फिर्ता लिन हो ?' भन्दै खनाललाई समर्थन गरे बहिष्कार गर्न सक्ने चेतावनी दिएका थिए । दाहालले उम्मेदवारी फिर्ता लिने अवस्था आए केन्द्रीय पदाधिकारी बैठकले निर्णय गर्ने बताएका थिए ।
सचिव सीपी गजुरेलले पहिलो चरणको निर्वाचनमा अध्यक्ष दाहाललाई जिताउन लागिपर्ने र विकल्प खोज्नुपरे पदाधिकारी बैठक बसी तुरुन्त निर्णय गर्ने बताए । 'अहिले विकल्पबारे छलफल गरेका छैनौं, अध्यक्षलाई जिताउन लागिपरेका छौं,' उनले भने, 'विकल्पको निर्णय गर्नुपरे पदाधिकारी बैठक बसी तुरुन्त निर्णय गर्न सकिन्छ ।' उनले दाहालले नजिते बहुमतमा बस्ने वा विकल्पमा कसैलाई समर्थन गर्ने भन्नेबारे त्यसैबेला निर्णय गरिने बताए । माओवादीले आफ्नो नेतृत्वमा सरकार नबनेमा 'भारतले नचाहेको सरकार बनाउन' एमाले अध्यक्ष खनाललाई र्समर्थन गर्ने राणनीति लिएको हो ।

यसैबिच माओवादीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी निर्णयप्रति उपाध्यक्ष बाबुराम भट्टराईले 'नोट अफ डिसेन्ट' लेखेको नेतृ हिसिला यमीले जानकारी दिइन् ।
उम्मेदवारी फिर्ता लिएर खनाललाई सहयोग गर्ने विषयमा छलफल गर्न माओवादी स्थायी समितिको बैठक संसद् भवन नयाँ बानेश्वर झण्डै तीन घण्टा बसेको थियो । 

मातृका हतियार उठाउने तयारीमा


बारा , माघ १५ - पुनर्गठित माओवादीका अध्यक्ष मातृका यादवले आफ्नो दल मानसिक रुपमा हतियार उठाउन तयारी गरिरहेको बताएका छन ।
शनिबार कलैयामा आयोजित पत्रकार भेटघाटमा कुरा गर्दै यादवले दलले जनक्रान्ति र जनसंविधानको लागि यस्तो मानसिकता बनाएको बताए । उनले जनसंविधान नबनेसम्म नेपाली जनताले मुक्ति नपाउने समेत उल्लेख गरे ।
आफ्नो दलले नयाँ जनवादी क्रान्तिको लागि फागुन  १ गतेदेखि एक महिने जनजागरण अभियान समेत  देशभर थाल्ने यादवले बताए । 
देश लुट्ने तथा विदेशी दलाली गर्नेको कब्जामा संविधानसभा रहेको यादवको भनाई थियो । राजतन्त्रको अन्त्य भए पनि सामन्तवादको अन्त्य नभएको बताउँदै यादवले  देश अग्रगमनतिर नलागेको बताए ।