Search Here

Custom Search

सेक्सको विकल्प संगीत ?


"के सेक्सको पनि विकल्प हुनसक्छ ?" बैज्ञानिकहरुले गरेका अनगिन्ति अध्ययन, अनुसन्धानले के देखाएको छ भने सेक्सको पनि विकल्प छ । त्यो हो संगित । सेक्स गर्नु नराम्रो वा संगितले सेक्सको निरपेक्षरुपमा काम गर्छ भन्ने अनुसन्धानको निष्कर्ष भने होइन ।
हालै गरिएको एक सर्वेक्षणका अनुसार संगितले मानब मस्तिष्कमा ‘डोपमिन’ नामक हर्मोन पैदा गर्छ । जुन महिला र पुरुषबीच सम्बन्धका क्रममा मस्तिष्कमा सृजित हुने गर्दछ । उक्त हर्मोनका कारण मानिसलाई आनन्दको अनुभूति हुने बैज्ञानिकहरुले बताएका छन् ।
‘अनुसन्धानमा राखिएका ब्यक्तिहरु जो संगित सुनिरहेका थिए, उनीहरुको मस्तिष्कको स्ट्रियटम भन्ने भागमा डोपमिन पैदा भएको दृश्य स्क्यानरले छर्लङ्ग देखायो । परिक्षणका लागि लिइएको ८ जनाको समुहले उनीहरुलाई मनपर्ने गीत सुनेका थिए । ‘स्क्यानरले हर्मोन पैदा भएको समय र स्थान दुबै देखाएको थियो,’ अनुसन्धानको निष्कर्ष प्रतिवेदनमा भनिएको छ, ‘स्टि्रयटमको एक भागमा १५ सेकेन्डसम्म डोपमिन फैलियो र पछि उत्तेेजना उत्कर्ष विन्दुमा पगेको थियो ।’
अनुसन्धानमा संलग्न स्वयंमसेवकहरुले शास्त्रिय, ज्याज, पङ्क, टाङ्गो, ब्यागपाइपसलगायतका गीतहरु श्रवणका लागि छानेका थिए । छनौटमा परेका केहि उत्कृष्ट गितहरु बार्बर्स, बेथोभेन, डिबुसीलगायतका गायकहरुको रहेको थियो ।
वास्तवमा विविध धर्म, सँस्कृति, जात, वर्ण आदि रहेको मानब समाजमा संगित उत्तिकैरुपमा लोकपि्रय हुनुको धेरै कारणहरुमध्ये मानब मस्तिष्कमा संगितले ल्याउने यस किसिमको प्रतिक्रिया पनि एक हो । संगितको बीचमा दोहोर्‍याइएको धुनले गीतको भाबना अझ बुलन्द बनाउन र आम श्रोताको मन छुने अनुसन्धानमा संलग्न बैज्ञानिकहरु बताउँछन् । भावनाको प्रस्फुटन र त्यसको संचार साँस्कृतिक कुरा नभएर प्राकृतिक हो । यसैकारण पनि हरेक सँस्कृतिमा संगितको जादुले छुने गरेको पाइन्छ । ‘संगितले जोकसैलाई सडकबीच नाँच्न बाध्य बनाउछ’ भन्ने भनाई यस सन्दर्भमा सार्थक देखिन्छ ।

आश्चर्यजनक मूर्ति फेला पर्‍यो


     ताप्लेजुङको फूलबारी गाविसस्थित त्रिवेणीघाटमा आश्चर्यजनक मूर्ति फेला परेको छ ।
   फूलबारी गाविसका स्थानीय बासिन्दा माघ १ गते मकर नुहाउन गएको समयमा खोलाको बीचमा पानी अस्वाभाविकरूपमा हल्लिन थालेको र सो स्थानमा दुई फिट लम्बाइको ढुङ्गाको मूर्ति देखापरेको स्थानीय ज्ञानु घिमिरेले बताए ।
     करिब ७ केजी तौल भएको मूर्तिलाई खोलाबाट निकाली वैदिक धर्मअनुसार सोही गाविसको गुप्तेश्वर शिवालय मन्दिरमा राखिएको छ । 
 
    मूर्ति विष्णु भगवान्को भएको र नागले बेरेको बताइएको छ । सो मन्दिरमा अहिले मूर्ति हेर्न आउने मानिसको घुइँचो लागेको छ भने स्थानीयवासीले भगवान् भनी पूजासमेत गरेका छन् । यसअघि २०१४ सालमा पनि सोही क्षेत्रमा मूर्ति फेला परेको थियो ।