माघ २१ - सबैभन्द धेरै सभासद भएको दल एनेकप माओवादीको समर्थन पछी अन्तत झलनथ खनाल देशको नयाँ प्रधानमन्त्रीमा चयन भएका छन । बिहीवार अबेर भएको चुनावमा कुल ५९८ सभाशद मध्ये ३६८ सभाशद्ले ऊन्लाई मत दिएका थिए। उनलाई नेकपा संयुक्त, नेकपा माले, माले समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृतलगायतका साना दलहरूले पनि समर्थन गरेका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र पौडेल ले १२२ र अर्का उमेद्वार विजयकुमार गच्छदारले ६७ मत पाएका थिए । को हुन झलनथ खनाल ?
"नेपालको ३४ औं प्रधानमन्त्री झलनाथ खनाल कवि पनि हुन् । साँखेजुङ-४ इलाममा २००६ चैत ६ गते जन्मेका उनका दुई कविता कृति प्रकाशित छन् । 'शताब्दीको पहिलो बिहानी' कविता संग्रह (२०५९) र 'परिवर्तनका तरङ्गहरू' गीति संग्रह (२०६५) बाहेक उनले एक दर्जन गैरसाहित्यिक पुस्तक लेखेका छन् ।
पुङ्गनाथ र मधुमाताका १३ मध्येका खनाल सातौं सन्तान हुन् । देशको चौथो कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा चुनिएका उनी २०२०/२१ मा विद्यार्थी जीवनदेखि नै राजनीति र साहित्यमा लागेका हुन् । उनी २०२३ मा मेची विद्यार्थी युनियनको अध्यक्ष र २०२५ मा अनेरास्ववियुको पाँचौं राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट
भएका थिए । राजनीतिशास्त्र र इतिहासमा स्नातक खनालले त्रिचन्द्रबाट २०२५ मा आईएस्सी उत्तीर्ण गरेका थिए । स्नातकपछि २०२७ देखि २०२९ सम्म बागलुङमा विद्यालय तहको शिक्षक थिए ।
२०३४ मा नेकपा मालेको संगठन गर्ने कामको नेतृत्वकर्तामध्येका एक खनाल २०३९ देखि २०४७ सम्म महासचिव भए । तत्कालीन माले महासचिव सीपी मैनाली कारबाहीमा परेपछि उनले यो जिम्मेवारी सम्हालेका हुन् । मालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा चुनिएपछि उनले २०४६ मा वाम मोर्चा गठनको पहल गरेका थिए । २०४७ मा एमाले गठन भएपछि पाँचौं, छैटौं र सातौं महाधिवेशनमा उनी स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा रहेर काम गरे ।
कम्युनिस्टको सर्वहारा सिद्धान्तभन्दा फरक टिपटप लवाइखवाइका सोखिन खनाल आफूले लिएको अडानबाट पछि नहट्ने नेताका रूपमा चिनिन्छन् । २०४६ सालपछि बनेको अन्तरिम सरकारमा उनले कृषि तथा वनमन्त्रीको जिम्मेवारी पाएका थिए भने २०५३ मा बनेको लोकेन्द्रबहादुर चन्द नेतृत्वको संयुक्त सरकारमा सञ्चारमन्त्री थिए ।
एमालेको चौथो महाधिवेशनमा महासचिव मदन भण्डारीले 'जनताको बहुदलीय जनवाद' सिद्धान्त व्याख्या गर्दा उनी सीपी मैनालीको 'नौलो जनवाद'को व्याख्यामा लागेर आलोचित भए । भण्डारीले खनाललाई निवर्तमान महासचिवलाई दोस्रो दर्जामा राख्ने परम्पराअनुसार स्थायी समितिमा समेत स्थान दिएका थिएनन् । मदन भण्डारी कालभरि खनालले पार्टीमा राम्रो भूमिका देखाउन सकेनन् । भण्डारीको अवसानपछि माधव नेपाल महासचिव रहँदा उनले पार्टी विदेश विभाग प्रमुख भएर काम गरेका थिए । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले पार्टी महासचिव माधवकुमार नेपाललाई गिरफ्तार गरेपछि उनले कार्यवाहक महासचिवको जिम्मेवारी सम्हालेका
थिए । संविधानसभा निर्वाचनमा पार्टीमा प्रभावशाली मानिएका नेताहरू माधव नेपाल, केपी ओली लगायत पराजित भएपछि २० वर्षपछि उनी पुनः पार्टी नेतृत्वमा आएका हुन् ।
२०४८ को आम र २०५१ को मध्यावधि निर्वाचन तथा २०६४ को संविधानसभा निर्वाचनमा उनी इलाम-१ बाट निर्वाचित भएका थिए । २०६५ मा बुटबलमा भएको एमालेको आठौं महाधिवेशनमा नेता केपी ओलीलाई पराजित गरेर उनी पार्टी अध्यक्ष चुनिएका हुन् ।
पुष्पकमल दाहाल नेतृत्वको माओवादी सरकार ढलेपछि खनालले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री प्रस्ताव गरेका थिए । नेपाल-ओली पक्षबाट खनालले आफ्नै पार्टीको सरकार ढालेको आरोप लाग्दै आएको छ । उनलाई एमालेमा भारत विरोधीका रूपमा लिइन्छ ।" (from ekantipur.com)
मित्ररास्ट्रहरुले के भने ?
- भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनाललाई बिहीबार राति १० बजे फोन गरी प्रधानमन्त्री निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिएका छन् । भारतीय दूतावासकी प्रवक्ता अपूर्वा श्रीवास्तवका अनुसार, सिंहले खनाललाई अगाडिका चुनौती सामना गर्न सक्षम हुनेमा शुभकामना दिएका हुन् । भारतीय प्रधानमन्त्रीले खनालको कार्यकालमा पनि भारतले निरन्तर सहयोग उपलब्ध गराउने बताएका थिए । त्यस क्रममा सिंहले दुई देशबीचको पारस्परिक सम्बन्ध विस्तार गर्नमा दुवै पक्ष एकजुट भएर जानेसमेत उल्लेख गरेका थिए ।
- संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले लामो समयपछि नेपालले प्रधानमन्त्री पाएकोमा खुशी व्यक्त गरेका छन् । नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनाललाई बधाई तथा शुभकामना सन्देश पठाउँदै वानले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई टुङ्गोमा पुर्याउन राष्ट्रसंघले आफ्नो सहयोग जारी राख्ने बताएका छन् ।वानद्वारा जारी विज्ञप्तीमा लामो गतिरोधपछि संविधानसभा मार्फत नयाँ सरकार गठन गर्न सफल भएकोमा नेपालका राजनीतिक दल र नेताहरुको प्रशंसा गरिएको छ । विस्तृत शान्ति सम्झौताका प्रतिवद्धता,सेना समायोजन,पुनःस्थापना,सेनाको लोकतान्त्रिकिरण लगायतका काम गर्न नयाँ सरकार सक्षम हुने वानले विश्वास व्यक्त गरेका छ । उनले निर्धारित लक्ष्य प्राप्तिका लागि दलहरुलाई सहमतिका साथ अघि बढ्न आग्रह गरेका छन् ।
फरक नेता फरक धारणा ।
- नेपाली काङ्ग्रेसका सभापति सुशील कोईरालाले एमाले नेतृत्वको सरकारमा काङ्ग्रेस सहभागी नहुने बताउनु भएको छ । काङग्रेस प्रतिपक्षमा बसेर शान्ति र संविधानको लागि सहयोग गर्ने उहाँको भनाई छ ।
- गोकर्ण बैठकपछि एमाले बरिष्ठ नेता केपी ओली र खनालबीच समझदारी बढेपछि खनाल प्रधानमन्त्री एमाले नेताहरु ।
- बिहीबार सरकार नबनेको भए संसद् बहिष्कार गरेर भए पनि नयाँ सरकार नबनाइने प्रस्ट संकेत पाएकाले हतारमा एमाले अध्यक्ष खनाललाई समर्थन गर्ने निर्णय गरियो: सचिव सीपी गजुरेलले ।
- 'सिद्धान्तभन्दा बाहिर गएर अपवित्र गठबन्धन गरेको होइन । हामीले केही वैचारिक, राजनीतिक विषयमा, शान्ति प्रक्रिया अगाडि बढाउन प्रतिबद्धता गरेका छौं,' अध्यक्ष दाहालले संसद्मा घोषणा गरे । यसैबिच् उनले जनताले अब यो असहमती पचाउन नसक्ने स्तिथी आएको र जुत्ताले हान्नसक्ने अवस्था समेत सिर्जना हुनलागेकोले आफुले त्याग् गरेको बताये ।
खनालको सम्मानमा बल्खुमा
नव निर्बाचित प्रधानमन्त्री झलनाथ खनाललाई नेकपा एमालेले शुक्रबार स्वागत एवम् सम्मान गर्ने भएको छ । पार्टी अध्यक्ष प्रधानमन्त्रीमा निर्बाचित भएकोमा खनाललाई केन्द्रीय कार्यालय बल्खुमा स्वागत एव् सम्मान कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।
कार्यक्रममा पार्टीका बरिष्ठ नेता माधबकुमार नेपाललगायतका नेताहरुले खनाललाई सम्मान गर्ने कार्यक्रम छ ।
