Search Here

Custom Search

सहवासका बेला के सोच्छन् महिला ?


तपाईको अनुमान वा अनुभवका आधारमा भन्न सक्नुहुन्छ, सहवासका बेला महिलाहरु के सोच्छन ? यस बिषयमा बिश्वमा थुप्रैपटक थुप्रै अनुसन्धान भएकाछन् र फरक फरक तथ्य बाहिर ल्याइएका छन् । तर, भारतीय कमेडियन ३४ वषर्ीया अविवाहित शाजिया मिर्जाले आफ्ना साथीहरुको अनुभवका आधारमा महिलाहरु सहवासका बेला सोच्ने बिषयको सूची सार्बजनिक गरिदिएकी छन् । उनका अनुसार महिलाहरु शारिरीक सम्पर्कका समयमा आफुले धुनु पर्ने कपडा, खरिद गर्नु पर्ने सामानहरु, आफुले लगाउन चाहेको जुत्ता जस्ता बिषयका बारेमा सोच्ने गर्छन भने केही महिलाहरु पुराना प्रेमी वा अमुक पुरुषको यादमा हुन्छन् ।
द सन पत्रिकालाई दिएको अन्तवार्तामा कमेडियन मिर्जाले भनेकी छिन्- ‘मेरो एक जना साथी छिन, जो आफ्नो श्रीमान्लाई औधी प्रेम गर्छिन् । तर उनले बताएअनुसार शारिरीक सम्पर्कका उनी उक्त पुरुषलाई सम्झन्छिन् जो को हुन् भन्ने उनलाई नै थाहा छैन । मात्र मन मनै मनपाएकी छन् ।’ ५१ वर्षीया लेखिका खैती लेट भनेकी छिन्-’ मेरो दोश्रो विवाह भइसक्यो र मेरा थुप्रै प्रेमीहरु छन् । पुरानो प्रेमीसँगको शारिरीक सम्पर्कका क्रममा मलाई निकै दिक्क लाग्थ्यो । त्यसैले उक्त समयमा मैले ग्रोसरी लिस्ट बनाउँथे र आफ्नो जुत्ताहरु गन्थें ।’
सायद यसैलाई भन्छन ज्यान एकातिर मन अर्कैतिर ।

अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा माओवादी स्थायी समिति बैठक सुरु, झलनाथलाई सर्मथन गर्न प्रचण्डको प्रस्ताव


२० माघ, काठमाण्डौ । प्रधानमन्त्री निर्वाचनबारे छलफल गर्न एकीकृत नेकपा माओवादीको स्थायी समिति वैठक अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा वसिरहेको छ ।
आफ्नो जित्ने सम्भावना नदेखिएको भन्दै एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने प्रस्तावमाथि छलफल गर्न अध्यक्ष प्रचण्डले वैठक बोलाएको माओवादी स्रोतले जनाएको छ ।
वैठकमा अध्यक्ष प्रचण्डले आजको निर्वाचनमै एमाले अध्यक्षलाई खनाललाई समर्थन गरेर भारतले नरुचाएको ‘नेपालीको सरकार’ बनाउनुपर्ने प्रस्ताव गर्ने बुझिएको छ । अहिलेको मुख्य लडाई भारतसंग भएको र माओवादी नेतृत्वको सरकार बन्न नदिएर भारतले दादागिरी देखाएको भन्दै प्रचण्डले भारतले नरुचाएका खनाललाई प्रधानमन्त्री बनाए माओवादीको जीत हुने र आफु अनुकुलको सरकार बन्ने बताइरहेका छन् ।
तर, उपाध्यक्ष डा. बाबुराम भट्टराई र मोहन बैद्य किरण पक्षले भने एमाले नेतृत्वको सरकारमा सहभागी हुन नसकिने बताउंदै आएका छन् । खनाललाई समर्थन गर्ने निर्णय गरिएमा एक सयभन्दा बढी सभासद्ले पार्टीको ह्वीप उल्लंघन गर्ने चेतावनी दिंदै आएका छन् ।

माओवादीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने


काठमाडौ, माघ २० - माओवादीले पहिलो चरणको निर्वाचनमा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित नभए दोस्रो चरणमा उम्मेदवारी फिर्ता लिई एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने माओवादी नेताहरूले बताएका छन् ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि आफ्नो सम्भावना कम भएकाले माओवादी दोस्रो चरणबाटै प्रधानमन्त्री चयन गर्ने मनस्थितिमा पुगेको हो ।
स्थायी समिति सदस्य वर्षमान पुनले प्रथम चरणमा अध्यक्ष दाहाल निर्वाचित हुने सम्भावना भएको उल्लेख गर्दै त्यसो नभए दोस्रो चरणमा खनाललाई समर्थन गर्ने बताए । 'पहिलो चरणमा अध्यक्ष निर्वाचित हुने सम्भावना छ,' उनले ईकान्तिपुरसँग भने, 'त्यसो नभए पार्टीले दोस्रो चरणमा एमालेलाई समर्थन गर्ने सम्भावना छ ।'
उनले तेस्रो चरणमा प्रधानमन्त्री चयन नभए वर्तमान सरकार दोहोरिने सम्भावना भएकाले माओवादी जसरी पनि नयाँ प्रधानमन्त्री चयनको पक्षमा रहेको उल्लेख गरे । 'पहिलो वा दोस्रो चरणभित्र प्रधानमन्त्री चयन गर्ने पक्षमा पार्टी छ,' माओवादी नेता पुनले भने, 'तेस्रो चरणमा पनि प्रधानमन्त्री चयन नगरी यही सरकार दोहोर्‍याउने षड्यन्त्र भइरहेको छ ।'
मधेसवादी र साना दलको समर्थनमा बिहीबार प्रधानमन्त्री चयन हुने दाबी गर्दै आएको माओवादीले गच्छदारको उम्मेदवारीपछि आफूअनुकूल सरकार बनाउन खनाललाई र्समर्थन गर्न लागेको हो । माओवादीले समर्थन गरे खनालको पक्षमा अत्यधिक बहुमत पुग्छ ।
उपाध्यक्ष बाबुराम भट्टराई पक्ष आफ्नो नेतृत्वमा सरकार नबने प्रतिपक्षमा बस्नुपर्ने पक्षमा छन् । अरू दलको नेतृत्वमा बन्ने बहुमतको सरकारले शान्ति र संविधान निष्कर्षमा पुर्‍याउन नसक्ने उल्लेख गर्दै प्रतिपक्षमा बस्नुपर्ने उनीहरूले बताएका छन् । 'अध्यक्षले उम्मेदवारी फिर्ता लिन हुँदैन भन्ने सुझाव छ,' भट्टराईनिकट पोलिटब्युरो सदस्य राम कार्कीले भने, 'बहुमतीय सरकारले समस्या समाधान गर्दैन, त्यसैले आफ्नो नेतृत्वमा नबने प्रतिपक्षमा बस्नुपर्छ ।'
दाहालले उम्मेदवारी दिनुअघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकमा भट्टराई पक्षका आठ सभासदले पार्टीको उम्मेदवारले नजिते प्रतिपक्षमा बस्नुपर्ने बताएका थिए । सभासदहरू प्रभु साह, ज्वालाकुमारी साह, देवी खड्कालगायतले दाहाललाई 'तपाईंको उम्मेदवारी जित्न हो कि फिर्ता लिन हो ?' भन्दै खनाललाई समर्थन गरे बहिष्कार गर्न सक्ने चेतावनी दिएका थिए । दाहालले उम्मेदवारी फिर्ता लिने अवस्था आए केन्द्रीय पदाधिकारी बैठकले निर्णय गर्ने बताएका थिए ।
सचिव सीपी गजुरेलले पहिलो चरणको निर्वाचनमा अध्यक्ष दाहाललाई जिताउन लागिपर्ने र विकल्प खोज्नुपरे पदाधिकारी बैठक बसी तुरुन्त निर्णय गर्ने बताए । 'अहिले विकल्पबारे छलफल गरेका छैनौं, अध्यक्षलाई जिताउन लागिपरेका छौं,' उनले भने, 'विकल्पको निर्णय गर्नुपरे पदाधिकारी बैठक बसी तुरुन्त निर्णय गर्न सकिन्छ ।' उनले दाहालले नजिते बहुमतमा बस्ने वा विकल्पमा कसैलाई समर्थन गर्ने भन्नेबारे त्यसैबेला निर्णय गरिने बताए । माओवादीले आफ्नो नेतृत्वमा सरकार नबनेमा 'भारतले नचाहेको सरकार बनाउन' एमाले अध्यक्ष खनाललाई र्समर्थन गर्ने राणनीति लिएको हो ।

यसैबिच माओवादीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी निर्णयप्रति उपाध्यक्ष बाबुराम भट्टराईले 'नोट अफ डिसेन्ट' लेखेको नेतृ हिसिला यमीले जानकारी दिइन् ।
उम्मेदवारी फिर्ता लिएर खनाललाई सहयोग गर्ने विषयमा छलफल गर्न माओवादी स्थायी समितिको बैठक संसद् भवन नयाँ बानेश्वर झण्डै तीन घण्टा बसेको थियो । 

मातृका हतियार उठाउने तयारीमा


बारा , माघ १५ - पुनर्गठित माओवादीका अध्यक्ष मातृका यादवले आफ्नो दल मानसिक रुपमा हतियार उठाउन तयारी गरिरहेको बताएका छन ।
शनिबार कलैयामा आयोजित पत्रकार भेटघाटमा कुरा गर्दै यादवले दलले जनक्रान्ति र जनसंविधानको लागि यस्तो मानसिकता बनाएको बताए । उनले जनसंविधान नबनेसम्म नेपाली जनताले मुक्ति नपाउने समेत उल्लेख गरे ।
आफ्नो दलले नयाँ जनवादी क्रान्तिको लागि फागुन  १ गतेदेखि एक महिने जनजागरण अभियान समेत  देशभर थाल्ने यादवले बताए । 
देश लुट्ने तथा विदेशी दलाली गर्नेको कब्जामा संविधानसभा रहेको यादवको भनाई थियो । राजतन्त्रको अन्त्य भए पनि सामन्तवादको अन्त्य नभएको बताउँदै यादवले  देश अग्रगमनतिर नलागेको बताए ।