Search Here

Custom Search

मुसाले रोके हवाइजहाज

बल र सामथ्र्यको कुरा गर्ने हो भने मुसा कति नै बलियो हुन्छ र ! सानो र निरिह मानिने मुसाले सयौं यात्रु बोकेर असिमित आकासमा उड्ने हवाइजहाजलाई उड्नबाट रोकेपछि भने यो प्राणीलाई चानचुने ठान्नु भूल हुनेछ । अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानका लागि तयार रहेको एक हवाइजहाज चारवटा मुसाका कारण केहि घण्टा उड्न सकेन् । उडानअघिको परिक्षणका क्रममा क्याबिनमा मुसा भेटिएपछि उडान स्थगित गरिएको थियो ।
हवाइजहाज चेकजाँचका क्रममा इमर्जेन्सी मेडिकल उपकरणमा मुसा भेटिएको एक एअरलाइन्स अधिकारीले बताए । मुसाले विशेष तारहरु काटेको हुनसक्ने आशंकाका कारण बि्रस्वेन उड्न लागेको उक्त विमानका यात्रुहरुलाई अर्कै विमानमा पठाउनु परेको थियो । विमानभित्र कसरी मुसा आयो भन्नेबारे अहिले गम्भिर छानविन भइरहेको अधिकारीहरुले बताएका छन् ।

चरालाई मुद्दा

       तपाईलाई कसैले बेइज्जत गरे के गर्नु हुन्छ ? तपाईलाई निश्चय नै रिस उठछ, अनि बेइज्जत गर्ने ब्यक्तिलाई गालीको वर्षा । छिमेकी भए केहि समय वा सधैभरिका लागि बोलीचाली र सम्बन्ध विच्छेद नै गर्नु होला । केटाकेटी भए नि ? सायद हकार्नु हुन्छ र माफ गर्नु हुन्छ । यसमा धेरैले धेरै प्रतिक्रिया देखाउलान् । तर अदालतसम्म धाएर मुद्दा हाल्ने झंझट भने कसैले पनि नगर्लान् । आफूलाई सहनै नसक्ने गरी एक चराले बेइज्जत गरेपछि भने ताइवानका वाङ हानचिनले अदालतमा मुद्दा दायरा गरेका छन् ।
इलेक्टि्रसियनको रुपमा काम गर्दै आएका हानचिनले घरबाट कार्यालय जाँदा हरेक बिहान चराको गाली सुन्नु परेपछि वाक्क बन्दै अन्ततः अदालतको ढोका ढक्ढक्याउन पुगेका हुन् । आफूविरुद्व गालीगलौजको शब्द सिकाएको दाबीसहित उनले पाँच छिमेकीविरुद्व मुद्दा हाली क्षतिपूर्ति माग गरेका छन् । अचम्मको कुरा के छ भने उक्त चराले हानचिनलाई मात्र कार्यालय जाने समयमा तथानाम गाली गर्ने तथा सराप्ने गरेको रिटमा जनाइएको छ ।
चराले ‘मुर्ख, बुद्विहीन, हाब्रे’ जस्ता शब्द बोल्ने गरेको हानचिनको दावी छ । हरेक बिहान चराले आफूलाई गाली गरेपछि मानसिक तनाब बढेको र दिउासो कार्यालयमा काम गर्दा उचित ध्यान दिन नसकेको पीडित पुरुषले बताएका छन् । विद्युत जस्तो खतरनाक क्षेत्रमा कार्यरत उनले एक दिन ध्यान गुमाउादा शरिरमा जलन घाउ भएको बताएका छन् ।

सँगै बसौ यो रात- नेपाली गजल (Sangai Basau Yo Raat-Shraddha Baral)

कार्यलय समयमा हस्तमैथुन गर्न पाउनुपर्छ :

पहिलो विश्व : रोचक समाचार 
ब्राजिलकी एक कर्मचारीले कार्यालय समयमा हस्तमैथुन गर्न पाउनुपर्ने मागसहित दिएको निवेदनलाई अदालतले स्वीकार गरेको छ। ३६ वर्षीया  एन्ना काटारिनाले शारीरिक समस्याका कारण आफूले कार्यालय समयमै हस्तमैथुन गर्नुपर्ने आवश्यकता भएको जिकिर गरेकी थिइन्। हाइपरसे क्सुयालिटीबाट पीडित एन्ना हस्तमैथुन गरेपछि मात्र आफूलाई पूर्वअवस्थामा ल्याउन सक्छिन्। एक कार्यालयमा एकाउन्टेनका रूपमा कार्यरत  एन्नाले उक्त समस्याका कारण आफूले दैनिक न्यूनतम १८ देखि ४७ पटक सम्म हस्तमैथुन गर्नुपर्ने बताइन्। चिकित्सकहरूले पनि उनको  समस्या पहिचान गर्न सकेका छैनन्। फलस्वरूप उनीहरूले एन्नाको यो समस्याको उपचार भनेकै उनलाई हस्तमैथुन गर्न दिनु हो भनेका छन्।