Search Here
Custom Search
एक वोत्तल वाइनकै डेढ करोड
जीवनमा खुसीको पल होस् या दुःखको, धेरैको पि्रय साथी बन्ने गरेको छ वाइन । रक्सीको मस्ती कति हुन्छ भन्ने त पिउनेलाई जती कस्लाई थाहा होला र ! तर करोडौं मूल्यमा केबल एउटा बोत्तल किन्ने वाइनका पारखी पनि संसारमा छन् भन्दा चाहिं हामीमध्ये कैयौंलाई झड्का नै लाग्ला । लण्डनमा हालै भएको एक सार्वजनिक खरिदमा चीनियाँ नागरिकले १ लाख ३५ हजार पाउण्ड अर्थात १ करोड ५९ लाख रुपैयाँ बराबरको वाइनको बोत्तल खरिद गरेका छन् । १९६१ मा फ्रान्समा उत्पादित उक्त वाइन बेलायतको क्रिस्टिज अक्शन हाउसमा बिक्री भएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।
यती मोटो रकममा त बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले पनि उक्त वाइन किन्न नसक्ने आङ्कलन गरिएको छ । मात्र ६ लिटर रक्सी रहेको बोत्तल किन्ने पैसाले त बेलायतमा भनेजस्तो ठाउामा भब्य महल नै किन्न पुग्छ । वाइन अपेक्षा गरिएकोभन्दा तीन गुना बढी मूल्यमा बिक्री भएको थियो । बेलायतको ५ उत्कृष्ट वाइनमध्येमा उक्त वाइन पर्ने बिक्रीमा संलग्न अधिकारीहरुले बताएका छन् ।आर्थिक मन्दीको बाबजुद बेलायतमा रक्सी उद्योगको राम्रै ब्यापार छ । चीन, हङकङ, सिंगापुरलगायतका देशहरुमा वाइनको ठूलो माग रहेको छ । अङ्गुर खेतीको लागि उपयोगी हावापानी नरहेको बेलायतमा वाइन मोह न्यून पाइएको छ । गत वर्ष लण्डनमा विशेष किसिमको एक वाइनको बोत्तल ७५ हजार पाउण्डमा बिक्री भएको थियो ।
Source onlinekhabar/
Source onlinekhabar/
फूल दिने प्रेमी धोकेबाज हुन्छन्
धेरै प्रेमी र प्रेमिकाबीच आफ्नो माया साँचो देखाउने होड नै चल्छ । यस क्रममा उनीहरु विभिन्न उपहारहरु आदनप्रदान गर्छन, ताकी आफ्नो ब्याइफ्रेन्ड वा गर्लफ्रेन्डमा खुसीको वर्षात होस् । तर कोहि प्रेमीले बारम्बार फूल उपहार दिने गरेको छ भने चाहिं युवतीहरु अलि चनाखो हुनु पर्ने बेला आएको छ । बेलायतमा हालै गरिएको एक सर्वेक्षणबाट प्रायः फूल उपहार दिने प्रेमी धोकेबाज हुन्छन भन्ने निष्र्कष निकालिएको छ । झण्डै ३ हजार महिलाहरुमा उक्त सर्वेक्षण गरिएको थियो ।प्रेमको प्रतिक मानिने हरेक उपहारको विशेष अनि भिन्न अर्थ हुने सर्वेक्षणमा संलग्न अनुसन्धानकर्ता गे्रग्स वेकर्सको भनाइ छ । मनमा कुरा लुकाएर राख्ने प्रेमीले चक्लेट उपहार दिने उनले बताए । त्यस्तै, क्यान्डल लाइट डिनरमा निमन्त्रणा गरेमा प्रेमिकाले अझ सजक हुनु पर्नेछ किनभने यसको अर्थ हो-’इज्जतमै दाग लाग्ने केहि नराम्रो हुादैछ ।’
यसैगरी, वेकर्सले सर्वेक्षणको आधारमा के दाबी गरेका छन् भने अधिकांश श्रीमतीहरु ‘सरप्राइज गिफ्ट’ लिन मन पराउाछन् । ध्यान रहोस, यस्तो गिफ्टले सम्बन्ध पनि डामाडोल हुनसक्छ । के तपाई पनि आफ्नो प्रेमिकालाई कुनै गिफ्ट दिने बिचारमा हुनुहुन्छ ? माथिका कुरा नविर्सिनोस है !
source : onlinekhabar/
फ्याउराले हान्यो शिकारीलाई गोली
शिकारीले जनावरको शिकार गरेको त देखेको, सुनेकै हो । धेरैको रहर पनि हुन्छ शिकार खेल्ने । जंगलमा शिकारका लागि जानु जति रमाइलो छ, त्यति नै खतरनाक पनि । अब शिकारीको बन्दुक उसैमाथि जनावरले पडकाएपछि भने झन होसियार हुनुपर्ने भएको छ । हालै बेलारुसमा एक शिकारीमाथि फ्याउराले बन्दुक पड्काएको घटनाले धेरैलाई खित्का छोडेर हाँस्न बाध्य बनाएको छ । शिकारी नै शिकार बनेपछि नहास्नु पनि कसरी ?
सुरुमा ४० वर्षे एक पुरुषले फ्याउरालाई गोली हानेका थिए । बिचरा फ्याउरा ढुन्मुनिएर लड्यो जमिनमा । यी शिकारीको दिमागमा के आएछ कुन्नी, घाइते फ्याउरालाई बन्दुकको नालले हानी मार्न मन लागेछ । उनी विस्तारै अघि बढे । नजिकै गएर बन्दुकको नालले हान्न मात्र खोजेका थिए, फ्याउरा बुरुक्क उफि्रएर शिकारीमाथि झम्टियो । घम्साघम्सी पर्दा पञ्जाको मद्दतले फ्याउराले बन्दुकको टि्रगर तानेपछि गोली शिकारीको खुट्टामा लागेको थियो ।
बन्दुक पड्किएको आवाजबाट तर्सिएर जनावर पनि कुलेलम ठोक्यो । रक्ताम्मे भएका शिकारीलाई भने उनका साथीहरुले तत्काल उपचारका लागि अस्पतालतर्फ लगे ।
source :onlinekhabar/
हिड़ने ढुंगाहरु : कस्तो अचम्म
ढुङ्गा निर्जीव हो भन्नेमा दुईमत छैन् । अब निर्जीव मानिएको यस्तो वस्तु आफै हिड्न थालेपछि भने सर्वसाधरण मात्र हैन, बैज्ञानिकहरु पनि हैरान भएका छन् । विषम वातावरणीय परिस्थितीका कारण मानिस नबस्ने अमेरिकाको ‘डेथ भ्याली’ मा यस्तै घसि्रएर आफै हिड्ने कैयौ ढुङ्गाहरु फेला परेका छन् । समथर भूमिमा ती ढुङ्गाहरुले बनाएको गोरेटो बाटोहरु पनि प्रष्ट देख्न सकिन्छ । ग्रीष्ममा सुख्खा अनि अलिअलि हिलो हुने र हिउँदमा हिँउले छोपिने उक्त उपत्यकाकोे अनुसन्धानका लागि भूगर्भशास्त्रीहरुको एक समूह त्यहाँ पुगिसकेको छ ।
विगत एक दशकदेखि भइरहेको ढुङ्गाको चालले प्रकृतिको अर्को रहस्य बाहिर ल्याएको बताउँछन् अनुसन्धानमा संलग्न भूगर्भशास्त्रीहरु । जसमध्ये केहि भन्छन्- ‘समथर भूभागमा माटो अलि नरम हुँदा र हल्का हिँउ परेपछि ढुङ्गा हिड्ने गर्छ ।’ तर अर्का थरी भूगर्भविदहरु भने यस्तो निष्कर्षमा सहमत छैनन् । ग्रीष्म याममा ढुङ्गा नै सुक्न तातो तापक्रममा ढुङ्गा घस्रने हुँदा हिलोले चिप्ल्याएको हुन सक्ने सम्भावनालाई उनीहरुले अस्विकार गरेका छन् । त्यसमाथि ढुङ्गाले सानो खाडल नै बनाएर अगाडि गतिशिल भएको भू-दृश्य यत्रतत्र देख्न सकिन्छ । अचम्म लाग्दो कुरा के छ भने ढुङ्गाहरु एक अर्कासँग समानान्तर भएर अघि बढेको पाइन्छ ।वर्ष बित्दै जाँदा ती ढुङ्गाहरुले पनि आफ्नो बाटो परिवर्तन गर्ने गरेको भूगर्भशास्त्रीहरुले पत्ता लगाएका छन् । केहिले रेखीय र अन्यले अण्डाकार, बाङ्गोटिङ्गो ट्रयाकहरु बनाएको देखिन्छ । यद्यपी कसैले पनि अहिलेसम्म नाङ्गो आँखाले हिडेको नदेखेको र यसको गतिबारे थाहा नपाएको बताएका छन् ।
२ देखि ५ वर्षको अवधिमा केहि ढुङ्गाभन्दा अन्य ढुङ्गाले बढी नै दुरी तय गरेको भूगर्भशास्त्रीले बताएका छन् । ढुङ्गा कसरी हिड्यो अनि ट्रयाकहरु कसरी बने, यो अझै रहस्य नै छ ।
Source : onlinekhabar/
Subscribe to:
Posts (Atom)


