Search Here

Custom Search

आश्चर्यजनक मूर्ति फेला पर्‍यो


     ताप्लेजुङको फूलबारी गाविसस्थित त्रिवेणीघाटमा आश्चर्यजनक मूर्ति फेला परेको छ ।
   फूलबारी गाविसका स्थानीय बासिन्दा माघ १ गते मकर नुहाउन गएको समयमा खोलाको बीचमा पानी अस्वाभाविकरूपमा हल्लिन थालेको र सो स्थानमा दुई फिट लम्बाइको ढुङ्गाको मूर्ति देखापरेको स्थानीय ज्ञानु घिमिरेले बताए ।
     करिब ७ केजी तौल भएको मूर्तिलाई खोलाबाट निकाली वैदिक धर्मअनुसार सोही गाविसको गुप्तेश्वर शिवालय मन्दिरमा राखिएको छ । 
 
    मूर्ति विष्णु भगवान्को भएको र नागले बेरेको बताइएको छ । सो मन्दिरमा अहिले मूर्ति हेर्न आउने मानिसको घुइँचो लागेको छ भने स्थानीयवासीले भगवान् भनी पूजासमेत गरेका छन् । यसअघि २०१४ सालमा पनि सोही क्षेत्रमा मूर्ति फेला परेको थियो ।