Search Here

Custom Search

बारीमा मान्छेजस्तै झार

साधारणतया झार कस्तो हुनु पर्ला ? ब्रिक्षको समान्य रूप वा बुट्यानको सम्क्षिप्त आकर जस्तो । हामीले सोच्ने झारको रूप यस्तै हुने गर्छ तर यो रोचक संसारअंा जे पनि देखिन्छ र जे पनि सुन्न पाईन्छ । यस्तै भयो हाम्रो छिमिकेको खेत मा पनि । चीनको एक किसान को खेत मा तपाईं हामी जैतै मान्छे ऊम्रियो या झारले तपाईं हामीको आकार लिएको समाचार प्राप्त भएको छ । एकजना चिनियाँ किसानको खेतमा ठ्याक्कै मानव आकारको झारपात उमि्रएको छ । सिचुँवा प्रान्तको झेङ डेसुन काउन्टीनिवासी किसानले अन्नबाली भित्र्याउने क्रममा अचम्मको झारपात फेला पारेका थिए ।

६२ सेमि अग्लो उक्त झारमा डल्लो टाउको र हातखुट्टा छन् । टाउकोमा आँखा र नाक हुनुपर्ने स्थानमा आँखा र नाककै आकारको डल्लो निस्किएको छ । उक्त वनस्पति हेर्न मानिसको घुइँचो लागेको छ । उता, किसान भने त्यस किसिमको वनस्पति आˆनो बारीमा उम्रनु कतै विपत्तिको सूचक त होइन ? भनी छट्पटिँदै छन् । यसअघि सान्डोङ प्रान्तमा पनि एक मानव जोडीजस्तो देखिने फल उब्जेको थियो ।एक महिला र एक पुरुषजस्तो देखिने उक्त फल ६ सय युआनमा बिक्री भएको थियो । थाहा छैन यो झार्को भाग्य कती बलियो छ र कती मुल्य पर्ने हो ?

No comments: