Search Here

Custom Search

रातो रंगले पुरुषलाई तान्ने

यदि तपाइँ महिला हुनुहुन्छ र पुरुषको ध्यान आकषिर्त गर्न चाहनु हुन्छ भने त्यसको सजिलो उपाय फेला परेको अनुसन्धानकर्ताले बताएका छन् । महिलाहरुले अन्य रंगको तुलनामा रातो रंगको लुगा लगाएको खण्डमा पुरुषहरु चाँडै तानिने अध्ययनले बताएको छ ।

अमेरिकी अनुसन्धाताहरुले गरेको यस अन्वेशषमा अधिकांश पुरुषहरुले रातो लुगा लगाएका महिलाहरुलाई साँच्चिकै सेक्सी र आकर्ष देखिएको बताएका छन् । र, अन्य रंग लगाएको भए पनि रातो रंगको धर्र्सो भएको भए मात्र पनि त्यो लवाईलाई आकर्ष मान्ने गरेको अध्ययनमा बताइएको छ ।न्यूयोर्कस्थित रोचेस्टर विश्वविद्यालयका मनोविज्ञान प्रोफेसर एन्ड्यू एलियटले रातो रंग उहिलेदेखि रोमान्सको रंगका रुपमा किन ख्यात्रि्राप्त छ भन्ने कुरा बल्ल पुष्टी भएको बताएका छन् । पुरुषहरुले रातो रंगको कार्डहरु भ्यालेन्टाइन डेमा र महिलाहरुले लिपिस्टिक रातो नै लगाउनुको कारण पनि पुरुषहरुलाई आकषिर्त गर्न रहेको पुष्टी भएको उनले दाबी गरेका छन् ।

रातो रंग मानवमा मात्र होइन कि चिम्पान्जीमा पनि रोमान्टिक रंग रहेको प्रोफेसरले बताएका छन् । यौन समागमभन्दा अघि महिला चिम्पान्जीले पुरुष चिम्पान्जीलाई रातो रंग पर््रदर्शन गर्ने र त्यो देखेपछि पुरुष चिम्पान्जीले आफूलाई थाम्न नसकेर यौन समागममा लिप्त हुने गरेको पनि उनले बताएका छन् । शायद यसो हुनुमा मानव वा विभिन्न जनावरहरुमा रहेको धेरै गहिरो र स्वस्फर्ूत जैविक भावनाका कारण पनि हुन सक्छ, एलियटले आफ्नो उपलब्धिलाई जर्नल अफ पर्सनालिटी एण्ड सोसल साइकलजीमा लेखेका छन् ।एक सयभन्दा बढी व्यक्तिहरुमा यस विषयमा अध्ययन गरिएको थियो, जसमा अधिकांश कलेजका विद्यार्थीहरु थिए । उनीहरुलाई केही महिलाहरुको तश्वीर दिएर ती तश्वीरमध्ये सबैभन्दा बढी आकर्ष र राम्री को होलिन् भनी सोधिएको थियो । प्रश्न अलि तगडा के थियो भने यी तश्वीरमा भएका महिलासँग तपाइँ चुम्बन लिन चाहनु हुन्छ कि सेक्स गर्न चाहनु हुन्छ भन्ने प्रश्न पनि रहेको थियो ।

एउटै महिलाको तश्वीर रातो लुगामा, सेतो लुगामा रातो किनारा, सेतो लुगामा खैरो र हरियो किनारा लगाएको तश्वीर देखाएर सोही प्रश्न गर्दा चाहिँ रातो कपडामा नै आकर्ष देखिएको र अधिकांशले तिनै महिलासँग आफूले सेक्स गर्ने धारणा अघि सारेका थिए ।रातो लुगा लगाएकी महिलालाई एस डलरभन्दा बढी खर्च गर्न तयार देखिएका युवाहरु तिनै महिलालाई अन्य रंगको लुगामा चाहिँ किस गर्न मात्र रुचि रहेको बताएका थिए । तर रोचक कुरा के रह्यो भने रातो कपडामा सजिएकी ती महिलालाई चाहिँ अधिकांश महिलाले आकर्ष देखेनन्, मात्र उनीहरुलाई राम्रीको संज्ञा दिए ।यस अध्ययनमा समलिंगी केटा र अन्धाहरुलाई चाहिँ समावेश गरिएको थिएन ।

1 comment:

Anonymous said...

a ho ra ??